यात्रु ठगीमा संलग्न ३५ जना पक्राउ

एक घण्टा अगाडि
यात्रु ठगीमा संलग्न ३५ जना पक्राउ

काठमाडौं । यात्रु ठगी तथा अतिरिक्त भाडा असुलीमा संलग्न ३५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालीमाटी र बल्खु क्षेत्रमा सञ्चालन गरेको विशेष अभियानका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार केही व्यक्तिहरूले यात्रुलाई तानातान गर्ने, गन्तव्यबारे भ्रम फैलाउने तथा निर्धारितभन्दा बढी भाडा असुल्न खोज्ने गरेका थिए ।

विशेष गरी उपत्यकाबाहिर यात्रा गर्ने यात्रुहरू यस्ता गतिविधिबाट प्रभावित हुने गरेको गुनासो आएपछि अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।