काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणका खेलहरूमा अर्जेन्टिना, फ्रान्स, अष्ट्रिया र नर्वेले विजयी सुरुवात गरेका छन् ।
साबिक विजेता अर्जेन्टिनाले लियोनेल मेसीको ह्याट्रिकको मद्दतमा अल्जेरियामाथि प्रभावशाली जित निकालेको छ । फ्रान्सले सेनेगललाई ३–१ गोलअन्तरले पराजित गर्दा अष्ट्रियाले जोर्डनलाई ३–१ ले हराएको छ ।
यस्तै समूह ‘आई’ अन्तर्गतको खेलमा नर्वेले इराकलाई ४–१ गोलले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ ।