साउदी अरबमा ड्रोन आक्रमण : एक नेपालीसहित दुई जनाको मृत्यु

एक दिन अगाडि
साउदी अरबमा ड्रोन आक्रमण : एक नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौं । साउदी अरबमा भएको ड्रोन आक्रमणका क्रममा एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ । घटनामा पाकिस्तानी र भारतीय नागरिक गरी दुई जना घाइते भएका छन् ।

साउदी अरबको पूर्वी प्रान्तस्थित सायबाह तेल खानी क्षेत्रमा रहेको साउदी अरामकोको प्रशोधन केन्द्रलाई लक्षित गरी ड्रोन आक्रमण गरिएको थियो ।

साउदी ऊर्जा मन्त्रालयका अनुसार, बुधबार बिहान प्रशोधन केन्द्रतर्फ लक्षित ड्रोनलाई हवाई रक्षा प्रणालीले आकाशमै निष्क्रिय पारेको थियो । त्यस क्रममा खसेको ड्रोनको भग्नावशेषले प्रशोधन केन्द्रको बाहिरी परिसरमा रहेको ठेकेदार कम्पनीको गाडीमा आगलागी भएको थियो ।

मन्त्रालयले उक्त घटनामा एक नेपाली र एक फिलिपिनो नागरिकको मृत्यु भएको पुष्टि गरेको छ । घाइते हुनेमा एक पाकिस्तानी र एक भारतीय नागरिक रहेका छन् ।

मृतक नेपालीसहित दुवै जनाको पहिचान भने सार्वजनिक गरिएको छैन ।

घटनापछि सुरक्षा तथा उद्धार निकायले आवश्यक कदम चालेको साउदी ऊर्जा मन्त्रालयले जनाएको छ । मन्त्रालयले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।