विनिमयदर

आजको विदेशी विनिमयदर : अमेरिकी डलर १५१ रुपैयाँ ४४ पैसामा बिक्री

एक दिन अगाडि
आजको विदेशी विनिमयदर : अमेरिकी डलर १५१ रुपैयाँ ४४ पैसामा बिक्री

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८४ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ ।

राष्ट्र बैंकका अनुसार, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २३ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९० पैसा कायम भएको छ । यस्तै, बेलायती पाउन्डस्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ ४ पैसा र बिक्रीदर २०२ रुपैयाँ ८५ पैसा तोकिएको छ ।

स्वीस फ्र्यांक एकको खरिददर १८२ रुपैयाँ ६५ पैसा र बिक्रीदर १८३ रुपैयाँ ३७ पैसा निर्धारण गरिएको छ । त्यसैगरी, अस्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०६ रुपैयाँ ३९ पैसा रहेको छ ।

क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ३३ पैसा र बिक्रीदर १०७ रुपैयाँ ७६ पैसा तोकिएको छ भने सिंगापुर डलर एकको खरिददर ११८ रुपैयाँ ३ पैसा र बिक्रीदर ११८ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।

केन्द्रीय बैंकका अनुसार, थाई भाट एकको खरिददर ४ रुपैयाँ ४९ पैसा र बिक्रीदर ४ रुपैयाँ ५० पैसा रहेको छ । यस्तै, यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ ७ पैसा र बिक्रीदर ४१ रुपैयाँ २४ पैसा निर्धारण गरिएको छ ।

मलेसियन रिंगेट एकको खरिददर ३६ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ११ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर भने फरक हुन सक्ने भएकाले कारोबार गर्नुअघि सम्बन्धित बैंकमा बुझ्न सकिनेछ ।