अमेरिका–इरान युद्धविराम थप, कूटनीतिक संवादलाई निरन्तरता

एक महिना अगाडि
अमेरिका–इरान युद्धविराम थप, कूटनीतिक संवादलाई निरन्तरता

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्धविरामको अवधि थप गर्ने घोषणा गरेका छन्। युद्धविराम सकिनै लाग्दा गरिएको यो निर्णयले शान्ति वार्तालाई निरन्तरता दिने उद्देश्य राखेको बताइएको छ।

पाकिस्तानको पहलमा यो विस्तार सम्भव भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। संयुक्त राष्ट्रसंघले पनि उक्त निर्णयको स्वागत गर्दै वार्तामार्फत स्थायी समाधान खोज्न दुवै पक्षलाई आग्रह गरेको छ।