कांग्रेसका नवनिर्वाचित पदाधिकारी र सदस्यको शपथ कार्तिक १२ गते

२० घण्टा अगाडि
कांग्रेसका नवनिर्वाचित पदाधिकारी र सदस्यको शपथ कार्तिक १२ गते

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण कार्यक्रम कार्तिक १२ गते हुने भएको छ ।

केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार शपथग्रहण कार्यक्रम कार्तिक १२ गते दिउँसो २ बजे ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालयमा आयोजना हुनेछ ।

समारोहमा नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन आग्रह गरिएको छ । कार्यक्रममा उनीहरूलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नुका साथै शपथग्रहण गराइनेछ ।

कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले शपथग्रहणसँगै औपचारिक रूपमा जिम्मेवारी सम्हाल्ने प्रक्रिया अघि बढाउनेछ ।