विदेशी मुद्राको विनिमयदर स्थिर, अमेरिकी डलर १५२ रुपैयाँ २१ पैसामा

१५ घण्टा अगाडि
विदेशी मुद्राको विनिमयदर स्थिर, अमेरिकी डलर १५२ रुपैयाँ २१ पैसामा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको दरअनुसार अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड स्टर्लिङ, कुवेती दिनार र बहराइन दिनारसहित अधिकांश विदेशी मुद्राको विनिमयदर स्थिर रहेको छ।

आइतबार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५२ रुपैयाँ २१ पैसा कायम भएको छ। अघिल्लो दिन पनि अमेरिकी डलरको विनिमयदर यही रहेको थियो।

यसअघि गत जेठ ७ गते अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो। उक्त दर हालसम्मकै उच्च रहेको छ।

त्यसैगरी, आइतबार युरो एकको खरिददर १७९ रुपैयाँ ८० पैसा र बिक्रीदर १८० रुपैयाँ ४७ पैसा कायम भएको छ। पाउन्ड स्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ ८८ पैसा र बिक्रीदर २०३ रुपैयाँ ६८ पैसा निर्धारण गरिएको छ।

अस्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ३८ पैसा र बिक्रीदर १०६ रुपैयाँ ८१ पैसा रहेको छ। कुवेती दिनार एकको खरिददर ४९२ रुपैयाँ २४ पैसा र बिक्रीदर ४९४ रुपैयाँ १९ पैसा कायम भएको छ।

त्यस्तै, बहराइन दिनार एकको खरिददर ४०१ रुपैयाँ ९४ पैसा र बिक्रीदर ४०३ रुपैयाँ ५३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।

अघिल्लो दिन शनिबार अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्ड स्टर्लिङ र बहराइन दिनारलगायतका मुद्राको विनिमयदर बढेको थियो भने युरो र कुवेती दिनारलगायतका मुद्राको विनिमयदर घटेको थियो।