काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले बढेर २ लाख ८१ हजार ५०० रुपैयाँ पुगेको छ ।
आइतबार सुन प्रतितोला २ लाख ७८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । आइतबार एकैदिन सुनको मूल्य प्रतितोला ११ हजार ७०० रुपैयाँले घटेको थियो ।
आइतबार ठूलो गिरावट आएको सुनको मूल्य सोमबार पुनः बढेको हो । सोमबार चाँदीको मूल्यमा पनि वृद्धि भएको छ ।