पश्चिम बंगालमा विधानसभा चुनाव सुरु

एक महिना अगाडि
पश्चिम बंगालमा विधानसभा चुनाव सुरु

भारतको पश्चिम बंगालमा विधानसभा चुनावअन्तर्गत पहिलो चरणको मतदान आज बिहान ७ बजेदेखि सुरु भएको छ। पहिलो चरणमा दार्जिलिङसहित १६ जिल्लाका १५२ निर्वाचन क्षेत्रमा मतदान भइरहेको छ।

भारतीय निर्वाचन आयोगका अनुसार करिब ३ करोड ६० लाख मतदाता सहभागी हुने अपेक्षा गरिएको छ। कुल १ हजार ४४७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने ४४ हजारभन्दा बढी मतदान केन्द्र स्थापना गरिएका छन्।

सुरक्षा व्यवस्थाका लागि २ लाख ४० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। चरणबद्ध रूपमा सञ्चालन हुने निर्वाचनमा मुख्य प्रतिस्पर्धा त्रिणमूल कांग्रेस र भारतीय जनता पार्टी बीच हुने अनुमान गरिएको छ।