आङ सान सूकीलाई घरमै नजरबन्द, अवस्था अझै अस्पष्ट

एक महिना अगाडि
आङ सान सूकीलाई घरमै नजरबन्द, अवस्था अझै अस्पष्ट

म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सूकीलाई जेलबाट घरमै नजरबन्दमा सारिएको छ। सैन्य सरकारले उनको सजाय घटाएर बाँकी समय घरमै पूरा गर्न आदेश दिएको जनाएको छ।

सन् २०२१ को सैनिक कू पछि नजरबन्दमा रहेकी सूकीको अवस्थाबारे अझै स्पष्ट जानकारी प्राप्त हुन सकेको छैन। उनका परिवारले समेत उनको स्वास्थ्य र अवस्थाबारे चिन्ता व्यक्त गरेका छन्।

सूकीको अवस्था अन्तर्राष्ट्रिय समुदायका लागि चासोको विषय बनेको छ।