पश्चिम बंगाल । भारत निर्वाचन आयोगले पश्चिम बंगालको फाल्टा विधानसभा क्षेत्रमा सबै २८५ मतदान केन्द्रमा पुनः मतदान गराउने निर्णय गरेको छ।
मे २१ मा पुनः मतदान गराउने निर्णय गरिएको हो। अघिल्लो मतदानमा गडबडी, धम्की र बुथ कब्जाका घटना देखिएपछि यस्तो कदम चालिएको जनाइएको छ।
पुनः मतदानका क्रममा कडा सुरक्षा व्यवस्था, भिडियो निगरानी र निष्पक्षता सुनिश्चित गरिने आयोगले जनाएको छ। मतगणना भने मे २४ देखि सुरु गर्ने तयारी गरिएको छ।