काठमाडौं । भारतमा करिब ५० वर्षपछि पहिलोपटक कुनै पनि राज्यमा वामपन्थी सरकार नरहने अवस्था आएको छ। हालै सम्पन्न केरल विधानसभा निर्वाचनमा भारतीय राष्ट्रिय कांग्रेस नेतृत्वको गठबन्धन विजयी भएसँगै वामपन्थी सरकार बाहिरिएको हो।
१४० सिटमध्ये कांग्रेसले ६३ सिट जित्दा इन्डियन युनियन मुस्लिम लीगले २२ सिट जितेको छ भने वाम गठबन्धन ३५ सिटमा सीमित भएको छ।
इतिहासमा सीपीआई (एम)ले सन् १९७७ मा पश्चिम बंगालमा सरकार बनाएको थियो, जुन २०११ सम्म कायम रह्यो। त्यसपछि तृणमूल कांग्रेस सत्तामा आयो। त्यस्तै त्रिपुरामा २०१८ सम्म वामपन्थी सरकार रहेको थियो।