काठमाडौं । अमेरिकाले इरानविरुद्ध झण्डै दुई महिनादेखि जारी आक्रामक सैन्य अभियान समाप्त भएको घोषणा गरेको छ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले ह्वाइट हाउसमा आयोजित ब्रिफिङमा अब अमेरिका रक्षात्मक अवस्थामा प्रवेश गरेको जानकारी दिएका हुन्।
उनका अनुसार अब मुख्य ध्यान होर्मुज जलमार्गमा व्यावसायिक जहाजहरूको आवतजावत सुरक्षित बनाउने र समुद्री सुरक्षालाई सुदृढ गर्नेमा केन्द्रित हुनेछ।
रुबियोले आक्रमण भएमा मात्र जवाफ दिने नीति अपनाइने स्पष्ट पार्दै वर्तमान अवस्था अझै संवेदनशील रहे पनि प्रत्यक्ष आक्रामक चरण समाप्त भएको संकेत गरेका छन्।
यो निर्णयले मध्यपूर्वको सुरक्षा अवस्था र विश्व ऊर्जा आपूर्तिमा सकारात्मक प्रभाव पार्न सक्ने विश्लेषण गरिएको छ, यद्यपि क्षेत्रीय तनाव पूर्ण रूपमा अन्त्य भएको भने छैन।