चीनले इरानलाई अमेरिकासँगको द्वन्द्व थप नचर्काउन र वार्ता निरन्तरता दिन आग्रह गरेको छ।
चिनियाँ विदेशमन्त्री वाङ यीले बेइजिङमा इरानी समकक्षी अब्बास अराग्ची सँगको भेटमा स्थायी युद्धविरामतर्फ अग्रसर हुनुपर्नेमा जोड दिएका हुन्।
उनले शत्रुतापूर्ण गतिविधि पुनः सुरु नगर्न र व्यापक युद्धविराममा ढिलाइ नगर्न आग्रह गर्दै संवादलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
हालै संयुक्त अरब इमिरेट्समाथि भएको आक्रमण र होर्मुज जलमार्गमा बढ्दो तनावबीच चीनले यस्तो पहल गरेको हो। विश्लेषकहरूका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्भावित चीन भ्रमणअघि क्षेत्रीय तनाव घटाउन चीनले सक्रिय कूटनीतिक भूमिका खेल्न खोजेको हुन सक्छ।
चीनले इरानसँगै रुससँग पनि निरन्तर संवाद कायम राख्दै क्षेत्रीय सन्तुलन मिलाउने प्रयास गरिरहेको जनाइएको छ।