इन्डोनेशियामा ज्वालामुखी विस्फोट, तीन पदयात्रीको मृत्यु

३ हप्ता अगाडि
इन्डोनेशियामा ज्वालामुखी विस्फोट, तीन पदयात्रीको मृत्यु

काठमाडौं । इन्डोनेशिया को हाल्माहेरा टापुस्थित माउन्ट डुकोनो ज्वालामुखी विस्फोट हुँदा तीन जना पदयात्रीको मृत्यु भएको छ। विस्फोटपछि बेपत्ता भएका अन्य २० जनाको खोजी कार्य जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

स्थानीय समयअनुसार बिहान ७ः४१ बजे ज्वालामुखी विस्फोट भएको हो। उद्धार एजेन्सीका प्रमुख इवान रामदानी का अनुसार उद्धारका लागि प्रहरीसहित दर्जनौँ सुरक्षाकर्मी परिचालन गरिएको छ।

बेपत्ता पदयात्रीमध्ये ९ जना सिङ्गापुरका नागरिक रहेको बताइएको छ। वैज्ञानिकहरूले अप्रिल १७ देखि नै ज्वालामुखी गतिविधि बढेको चेतावनी दिएका थिए र उक्त क्षेत्र आगन्तुकका लागि बन्द गरिएको थियो। अधिकारीहरूले स्थानीयवासी र पर्यटकलाई ज्वालामुखी केन्द्रबाट कम्तीमा चार किलोमिटर टाढा रहन आग्रह गरेका छन् ।