पाकिस्तानमा आतंकवादी आक्रमण, २१ प्रहरीको मृत्यु

३ हप्ता अगाडि
पाकिस्तानमा आतंकवादी आक्रमण, २१ प्रहरीको मृत्यु

काठमाडौं । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा भएको आतंकवादी आक्रमणमा २१ प्रहरीको मृत्यु भएको छ ।

बन्नु मेडिकल एन्ड टिचिङ इन्स्टिच्युटका प्रवक्ता नोमान खानले मृतक संख्या २१ पुगेको पुष्टि गरेका छन् ।

आक्रमण बन्नु शहर नजिकको प्रहरी चौकीमा भएको थियो । प्रारम्भिक विवरणअनुसार विस्फोटक पदार्थले भरिएको गाडी प्रहरी चौकीमा ठोक्किएपछि ठूलो विस्फोट भएको थियो । त्यसपछि आक्रमणकारीहरू चौकीभित्र प्रवेश गरी गोली प्रहार गरेका थिए ।

प्रहरीका अनुसार भग्नावशेषबाट १२ शव निकालिएको थियो भने तीन जनालाई जीवित उद्धार गरिएको छ । घाइते प्रहरीहरूको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ । घटनापछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।