काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका-इरानबीच जारी युद्धविराम अत्यन्त कमजोर अवस्थामा रहेको बताएका छन् । ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै उनले युद्धविराम जुनसुकै बेला भंग हुन सक्ने चेतावनी दिएका हुन् ।
ट्रम्पको टिप्पणीपछि इरानी संसद्का सभामुख मोहम्मद गालिबाफले इरान कुनै पनि आक्रमणको जवाफ दिन तयार रहेको बताएका छन् ।
यसअघि इरानले युद्ध अन्त्य, होर्मुज स्ट्रेट पुनः खोल्ने र प्रतिबन्ध हटाउने प्रस्ताव अमेरिकासमक्ष पठाएको थियो । तर उक्त प्रस्ताव अमेरिकाले अस्वीकार गरेको जनाइएको छ ।