काठमाडौँ । इरानले आफूमाथि पुनः आक्रमण भए युरेनियमलाई ९० प्रतिशत शुद्धतामा प्रशोधन गर्ने चेतावनी दिएको छ।
इरानी राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका प्रवक्ता इब्राहिम रेजाइले यस्तो प्रतिक्रिया दिएका हुन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामलाई ठूलो क्षति रोक्ने कदम भनेपछि इरानले थप कडा चेतावनी दिएको हो।
इरानको आणविक ऊर्जा संगठनका प्रमुख मोहम्मद इस्लामीले देशको आणविक कार्यक्रममाथि कुनै सम्झौता नहुने स्पष्ट पारेका छन्।
अमेरिका र इजरायलको संयुक्त आक्रमणपछि सुरु भएको ४० दिने तनावपछि युद्धविराम भए पनि शान्ति वार्ता निष्कर्षविहीन बनेको छ। पाकिस्तानको इस्लामावादमा भएको वार्ताले कुनै सहमति निकाल्न नसकेपछि क्षेत्रीय तनाव अझै कायम छ।