ट्रम्पले इरानमाथिको सैन्य आक्रमण रोकेको दाबी

२ हप्ता अगाडि
ट्रम्पले इरानमाथिको सैन्य आक्रमण रोकेको दाबी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि हुन लागेको सैन्य आक्रमण रोकिएको बताएका छन् ।

कतार, साउदी अरब र संयुक्त अरब इमिरेट्सको आग्रहपछि आक्रमण रोक्ने निर्णय गरिएको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।

ट्रम्पले अमेरिकी रक्षा अधिकारीहरूलाई तत्काल आक्रमण रोक्न निर्देशन दिएको उल्लेख गर्दै आवश्यक परे सेना उच्च सतर्कतामा रहने बताएका छन् ।

इरानसँगको तनाव पछिल्ला समय तीव्र बन्दै गएको अवस्थामा ट्रम्पको अभिव्यक्तिलाई अन्तर्राष्ट्रिय रूपमा चासोका साथ हेरिएको छ ।

यसैबीच अमेरिकी मतदातामाझ गरिएको एक सर्वेक्षणमा इरानसँग सम्भावित युद्धलाई धेरैले गलत निर्णयका रूपमा हेरेको उल्लेख गरिएको छ । विश्लेषकहरूले मध्यपूर्वको अस्थिर अवस्थाले विश्व सुरक्षा र ऊर्जा बजारमा थप प्रभाव पार्न सक्ने बताएका छन् ।