डडेल्धुरा । केही दिनअघि बेपत्ता भएका सशस्त्र प्रहरी जवान ओमप्रकाश पुन मगर र उनका मामा तीर्थबहादुर थापामगर मृत अवस्थामा फेला परेका छन्।
प्रहरीका अनुसार तीर्थबहादुरको शव डडेल्धुराको परिगाउँ क्षेत्र नजिक फेला परेको हो भने सशस्त्र प्रहरी जवान पुनको शव नेपाल–भारत सीमा क्षेत्रमा भारतीय भूभागतर्फ भेटिएको छ।
दुवै जना गत शुक्रबारदेखि सम्पर्कविहीन भएका थिए। घटनाको कारण खुल्न बाँकी रहेकाले नेपाल र भारतका सुरक्षा निकायले संयुक्त समन्वयमा अनुसन्धान अघि बढाइरहेका छन्।