कांग्रेस महाधिवेशन रोक्न देउवा पक्ष सर्वोच्चमा

२ दिन अगाडि
कांग्रेस महाधिवेशन रोक्न देउवा पक्ष सर्वोच्चमा

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ। देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काको तर्फबाट छुट्टाछुट्टै रिट दर्ता गरिएको नेता मीनबहादुर विश्वकर्माले जानकारी दिए।

असोज १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने गरी कांग्रेसले अघि बढाएको कार्यतालिका रोक्न माग गरिएको छ। पार्टीको आधिकारिकता विवादमा पुनः सुनुवाइका लागि सर्वोच्चले निस्सा दिइसकेको अवस्थामा त्यसको टुंगो नलागेसम्म महाधिवेशन प्रक्रिया अघि बढाउन नहुने देउवा पक्षको तर्क छ।

यसअघि कांग्रेसको इतर पक्षको भेलाले गगन थापालाई सभापति स्वीकार नगर्ने र देउवाकै नेतृत्वमा महाधिवेशन गर्ने निर्णय गरेको थियो।