राष्ट्रपति पौडेलले बङ्गलादेशका नवनिर्वाचित राष्ट्रपति आलमगीरलाई दिए बधाई

एक दिन अगाडि
राष्ट्रपति पौडेलले बङ्गलादेशका नवनिर्वाचित राष्ट्रपति आलमगीरलाई दिए बधाई

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा निर्वाचित मिर्जा फखरुल इस्लाम आलमगीरलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

राष्ट्रपति पौडेलले नवनिर्वाचित राष्ट्रपति आलमगीरलाई नयाँ जिम्मेवारीका लागि सफलताको शुभकामना दिँदै नेपाल र बङ्गलादेशबीच लामो समयदेखि कायम रहेको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउन नेपालको प्रतिबद्धता दोहोर्याएका छन्।

शुभकामना सन्देशमार्फत राष्ट्रपति पौडेलले नेपाल र बङ्गलादेशका जनतालाई आपसमा जोड्ने गहिरो जनस्तरीय सम्बन्धसहित दुई देशबीच विद्यमान बहुआयामिक सम्बन्धलाई अझ प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

ढाकास्थित नेपाली राजदूतावासका अनुसार राष्ट्रपति पौडेलले दुई देशबीचको पारस्परिक सहकार्य र मित्रतालाई थप मजबुत बनाउँदै आगामी दिनमा सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

नेपाल र बङ्गलादेशबीच कूटनीतिक सम्बन्ध स्थापनादेखि नै मैत्रीपूर्ण तथा सहयोगात्मक सम्बन्ध रहँदै आएको छ।