पोखरा–जोमसोम उडान तीन महिना बन्द

७ घण्टा अगाडि
पोखरा–जोमसोम उडान तीन महिना बन्द

यात्रु घटेपछि तारा र समिट एयरले रोके नियमित सेवा

पोखरा । पोखरा–जोमसोम हवाई मार्गमा सञ्चालन हुँदै आएका नियमित उडान करिब तीन महिनाका लागि बन्द भएका छन्।

तारा एयरले मे २२ देखि र समिट एयरले जुन २ देखि नियमित उडान स्थगित गरेका हुन्। जोमसोम नागरिक उड्डयन कार्यालयका अनुसार सडक यातायातको पहुँच विस्तार र यात्रु संख्या घट्नु उडान रोक्नुका प्रमुख कारण हुन्।

यद्यपि आकस्मिक चार्टर उडान तथा हेलिकोप्टर सेवा भने सञ्चालनमै रहनेछन्। समिट एयरले अगस्ट १५ देखि र तारा एयरले सेप्टेम्बरबाट नियमित सेवा पुनः सञ्चालन गर्ने योजना बनाएका छन्।