काभ्रे बस दुर्घटनामा सात जनाको मृत्यु

१८ घण्टा अगाडि
काभ्रे बस दुर्घटनामा सात जनाको मृत्यु

काभ्रे । काभ्रेमा यात्रुवाहक बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। बनेपाबाट भकुण्डेबेसीतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस सडकबाट करिब दुई सय मिटर तल खसेर दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार दुर्घटनास्थलबाट सात जनाको शव फेला परेको छ भने १६ जना घाइतेको उद्धार गरी धुलिखेल अस्पताल पठाइएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार भकुण्डेबेसी नजिकैको बुच्चाकोट क्षेत्रमा दुर्घटना भएको हो। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।