काठमाडौं । सरकारले संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठित कार्यदलको म्याद थप गरेको छ।
मन्त्रिपरिषद् बैठकले कार्यदलको समयसीमा एक महिना थप्दै असार मसान्तसम्म पुर्याउने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।
प्रधानमन्त्री वालेन शाहका प्रमुख राजनीतिक सल्लाहकार असीम शाहको नेतृत्वमा गठन भएको कार्यदलले विभिन्न राजनीतिक दल, संविधानविद्, नागरिक समाज तथा सरोकारवालासँग छलफल गरेर संविधान संशोधनका सम्भावित विषयहरू समेटिएको बहसपत्र तयार गरिरहेको छ।
सरकारले संविधान संशोधनको विषयलाई सहमतिका आधारमा अगाडि बढाउने नीति लिएको जनाएको छ। कार्यदलले थप समय पाएकाले सरोकारवालाको सुझाव संकलन र आवश्यक अध्ययनलाई पूर्णता दिन सहज हुने विश्वास गरिएको छ।