काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई २–१ गोलअन्तरले पराजित गर्दै महत्वपूर्ण तीन अंक हासिल गरेको छ।
चेक रिपब्लिकले खेलको ५९औँ मिनेटमा अग्रता लिए पनि दक्षिण कोरियाले हार मानेन। ६७औँ मिनेटमा इन–बेओम ह्वाङले बराबरी गोल फर्काए भने ८०औँ मिनेटमा ओ ह्योन–ग्यूले निर्णायक गोल गर्दै टोलीलाई जित दिलाए।
यसअघि समूहको उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० ले हराएको थियो। समूह ‘ए’ को प्रतिस्पर्धा थप रोचक बनेको छ।