इलाम । नेपाली चिया निर्यातमा भारतले नयाँ अवरोध सिर्जना गरेको भन्दै इलामका चिया उद्योगीहरूले असार १ गतेदेखि उद्योग बन्द गर्ने घोषणा गरेका छन्।
सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालका अनुसार भारतीय चिया बोर्डले लागू गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) का कारण नेपाली चिया निर्यात प्रभावित भएको हो।
उद्योगीहरूका अनुसार हाल करिब १२ लाख किलो तयारी चिया बिक्री हुन नसकी थन्किएको छ। भारतका गोदाममा मात्र २ लाख किलोभन्दा बढी चिया रोकिएको छ भने नेपालभित्रै १० लाख किलोभन्दा बढी चिया भण्डारण अवस्थामा रहेको छ।
उद्योगीहरूले समस्या समाधानका लागि नेपाल सरकार र सम्बन्धित निकायसँग तत्काल पहल गर्न आग्रह गरेका छन्। समाधान ननिस्किए उद्योग सञ्चालन गर्न नसकिने अवस्था आउने उनीहरूको चेतावनी छ।