सुस्ता विवादबारे सर्वपक्षीय छलफल, कूटनीतिक माध्यमबाट समाधान खोजिने

२ घण्टा अगाडि
सुस्ता विवादबारे सर्वपक्षीय छलफल, कूटनीतिक माध्यमबाट समाधान खोजिने

रूपन्देही । पश्चिम नवलपरासीको सुस्तास्थित नेपाली भूमिमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) प्रवेश गरेको घटनापछि समाधानको उपाय खोज्न सर्वपक्षीय छलफल गरिएको छ।

स्थानीय तह, प्रशासन, सुस्ताबासी र संघीय सांसदहरूको सहभागितामा आयोजित छलफलमा पछिल्लो परिस्थितिबारे समीक्षा गरिएको हो।

रास्वपाका सांसद विक्रम खनालले सुस्ताको अवस्थाबारे प्रधानमन्त्री तथा परराष्ट्र मन्त्रालयलाई लिखित जानकारी गराउने र कूटनीतिक माध्यमबाट समाधान खोज्ने आश्वासन दिएका छन्।

सुस्ता बचाउ अभियानका अनुसार भारतीय सुरक्षाकर्मीहरू नयाँ स्थानबाट नेपाली भूमिमा प्रवेश गर्ने र पछि त्यसलाई पुरानै प्रयोग क्षेत्र भएको दाबी गर्ने गरेका छन्।

सांसद खनालले नेपाल–भारतबीचको आधिकारिक संयुक्त गस्तीबाहेक अन्य कुनै पनि बहानामा भारतीय सुरक्षाकर्मी नेपाली भूमिमा प्रवेश गर्न नहुने स्पष्ट पारे।

स्थानीयवासीहरूले सरकारले सीमा सुरक्षालाई गम्भीरतापूर्वक लिएर सुस्ता विवादको स्थायी समाधान खोज्नुपर्ने माग गरेका छन्। नारायणी नदीको धार परिवर्तनसँगै वर्षौँदेखि सुस्ता क्षेत्र विवादको केन्द्रमा रहँदै आएको छ।