काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले दूरसञ्चारसम्बन्धी कसुरमा बिहीबार राति उनलाई ललितपुरको धापाखेलबाट पक्राउ गरेको हो।
सीआईबीका प्रवक्ता अनुपम शमशेर जबराका अनुसार भण्डारीलाई शुक्रबार म्याद थपका लागि अदालतमा उपस्थित गराइने तयारी गरिएको छ।
उनीविरुद्ध लागेको कसुरबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।