काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत ११४ जनाको हवाई उद्धार गरिएको छ ।
नेपाल प्रहरीका अनुसार नेपाली सेनाले विभिन्न उडानमार्फत ८५ जना तथा निजी क्षेत्रका हेलिकप्टर कम्पनीले २९ जनाको उद्धार गरेका हुन् ।
सेनाले टिमुरे–धुन्चेबाट ६०, टिमुरे–त्रिशूलीबाट १३, मैलुङबाट पाँच, बेत्रावतीबाट चार र त्रिशूलीबाट काठमाडौं तीन जनाको उद्धार गरेको छ ।
निजी क्षेत्रका कैलाश, सिम्रिक, अन्नपूर्ण, प्रभु, फिसटेल र एभरेस्ट हेलिकप्टरले रसुवाबाट काठमाडौंका विभिन्न अस्पतालसम्म घाइते तथा प्रभावितलाई उद्धार गरेका छन् । उद्धार गरिएकामध्ये केहीलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र वीर अस्पताल पुर्याइएको छ ।