धवलशमशेर र दुर्गा प्रसाईं नयाँ पार्टी दर्ताको तयारीमा

३ हप्ता अगाडि
धवलशमशेर र दुर्गा प्रसाईं नयाँ पार्टी दर्ताको तयारीमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका धवलशमशेर राणा र व्यवसायी दुर्गा प्रसाईंले साउनभित्रै नयाँ राजनीतिक दल निर्वाचन आयोगमा दर्ता गर्ने तयारी गरेका छन्।

उनीहरू निकट स्रोतका अनुसार विभिन्न चरणको छलफलपछि पार्टी दर्ताको प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

अभियानमा संलग्न सगुन लावतीले साउन २६ गते नयाँ दल दर्ता गर्ने तयारी भइरहेको जानकारी दिएका छन्। त्यसअघि पार्टीको नाम, झण्डा तथा अन्य विषय टुंग्याउन गठित कार्यदलले अन्तिम निर्णय गर्नेछ।

नयाँ पार्टी परम्परागत दलभन्दा फरक ‘कन्जरभेटिभ’ मोडलमा आधारित हुने, संवैधानिक राजसंस्था र हिन्दुराष्ट्रको एजेन्डालाई प्राथमिकताका साथ अघि बढाउने तथा युवा पुस्तालाई आकर्षित गर्ने रणनीति अपनाइने नेताहरूको भनाइ छ।