ग्वार्को फ्लाइओभरमा बस ठोक्किँदा एक जनाको मृत्यु, ६ यात्रु घाइते hi

एक दिन अगाडि
ग्वार्को फ्लाइओभरमा बस ठोक्किँदा एक जनाको मृत्यु, ६ यात्रु घाइते hi

ललितपुर । ग्वार्को फ्लाइओभरको भित्तामा बस ठोक्किँदा एक महिला यात्रुको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

बिहीबार बिहान कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको बा २ ख ३५९० नम्बरको बस दुर्घटनामा परेको हो। घाइते सबैको बि एण्ड बी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानमा तीव्र गतिका कारण दुर्घटना भएको देखिएको छ भने बस चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।