मुख्यसचिवको मासिक तलब ९० हजार ५९४ रुपैयाँ, सरकारले लागू गर्‍यो नयाँ तलबमान

२ हप्ता अगाडि
मुख्यसचिवको मासिक तलब ९० हजार ५९४ रुपैयाँ, सरकारले लागू गर्‍यो नयाँ तलबमान

काठमाडौं । अर्थ मन्त्रालयले साउन १ गतेदेखि लागू हुने गरी मुख्यसचिवसहित सरकारी कर्मचारीहरूको नयाँ तलबमान, ग्रेड र १० प्रतिशत मासिक प्रोत्साहन भत्ता निर्धारण गरेको छ।

नयाँ व्यवस्थाअनुसार मुख्यसचिव, प्रधानसेनापति, प्रहरी महानिरीक्षक र सशस्त्र प्रहरी महानिरीक्षकको मासिक तलब ९० हजार ५९४ रुपैयाँ पुगेको छ। सचिवको मासिक तलब ८४ हजार ५७६ रुपैयाँ र सहसचिवको ७७ हजार ४० रुपैयाँ कायम गरिएको छ।

यो व्यवस्था निजामती कर्मचारी, सुरक्षा निकाय, स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयका शिक्षक तथा प्रदेश र स्थानीय तहका कर्मचारीमा लागू हुनेछ।