दुर्गा प्रसाईंको घर खानतलासीबारे जवाफ दिन प्रहरीलाई सर्वोच्चको आदेश

४८ मिनेट अगाडि
दुर्गा प्रसाईंको घर खानतलासीबारे जवाफ दिन प्रहरीलाई सर्वोच्चको आदेश

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घर खानतलासी गर्नुको कारणबारे लिखित जवाफ बुझाउन सर्वोच्च अदालतले प्रहरीलाई आदेश दिएको छ।

सोमबार न्यायाधीश नृपध्वज निरौलाको इजलासले प्रसाईंकी पत्नी उमा प्रसाईंले दायर गरेको बन्दीप्रत्यक्षीकरण निवेदनमा सुनुवाइ गर्दै बाटोको म्यादबाहेक २४ घण्टाभित्र जवाफ पेश गर्न आदेश दिएको हो।

सर्वोच्चले प्रसाईंको घर खानतलासी गर्दा बरामद भएका सामानसहित अदालतमा उपस्थित हुनसमेत भक्तपुर प्रहरीलाई निर्देशन दिएको छ। प्रहरीले भदौ ४ गते प्रसाईंको घरमा खानतलासी गरेको थियो।

खानतलासीको कारण र बरामद सामग्रीबारे प्रहरीको जवाफपछि अदालतले थप निर्णय गर्नेछ।