काठमाडौं । सुनको मूल्य लगातार बढ्दै गएको छ। सोमबार सुनको भाउ तोलामा ३ हजार २ सय रुपैयाँ बढेर ३ लाख २२ हजार ७ सय रुपैयाँ पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा २ हजार ८ सय रुपैयाँ बढेको थियो। त्यसअघि बिहीबार ९ हजार ३ सय र शुक्रबार ३ हजार ३ सय रुपैयाँले बढेको थियो।
यससँगै चार कारोबार दिनमा सुनको मूल्य तोलामा १८ हजार ६ सय रुपैयाँ बढेको छ।
यता, चाँदीको मूल्य भने लगातार दोस्रो दिन घटेको छ। सोमबार चाँदी तोलामा १० रुपैयाँ घटेर ४ हजार ९ सय ६५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।
नेपालमा सुनको हालसम्मकै उच्च मूल्य भने गत माघ १५ गते तोलाको ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो।