काठमाडौं । अमेरिकी सिनेटले राष्ट्रपति डोनाल्ड ट्रम्पको सैन्य शक्तिलाई सीमित गर्ने प्रस्ताव पारित गरेको छ ।
प्रस्ताव ५० विरुद्ध ४७ मतले पारित भएको हो । मतदानमा चार जना रिपब्लिकन सांसदले पनि डेमोक्र्याट पक्षलाई समर्थन गरेका थिए ।
उक्त प्रस्ताव अब कानुन बन्न भने प्रतिनिधिसभाबाट पनि पारित हुनुपर्नेछ ।
यदि प्रस्ताव कानुन बनेमा इरानविरुद्ध सैन्य कारबाही जारी राख्न ट्रम्प प्रशासनले कङ्ग्रेसको अनुमति लिनुपर्ने व्यवस्था हुनेछ ।