काठमाडौं । स्वास्थ्य बिमा बोर्डले आर्थिक संकट गहिरिँदै गएको भन्दै निजी स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका स्वास्थ्य बिमा सेवा स्थगित गरेको छ।
बोर्डकी निमित्त कार्यकारी निर्देशक सकुन्तला प्रजापतिले जारी गरेको सूचनाअनुसार जेठ १६ गतेदेखि निर्णय लागू हुनेछ। बढ्दो दायित्व र भुक्तानी व्यवस्थापनमा समस्या आएपछि यस्तो निर्णय गरिएको बताइएको छ।
यसले निजी अस्पतालबाट उपचार गराउँदै आएका हजारौँ बिमित प्रभावित हुने सम्भावना छ। आकस्मिक सेवा भने यथावत् सञ्चालन हुने जनाइएको छ।