लेबनानमा भीषण हवाई आक्रमण, ३१ जनाको मृत्यु

१ हप्ता अगाडि
लेबनानमा भीषण हवाई आक्रमण, ३१ जनाको मृत्यु

काठमाडौं । इजरायल र हिजबुल्लाहबीचको तनाव पुनः चर्किँदा लेबनानमा भीषण हवाई आक्रमण भएको छ। पछिल्लो आक्रमणमा कम्तीमा ३१ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

इजरायली सेनाले हिजबुल्लाहका १०० भन्दा बढी स्थानलाई निशाना बनाएको दाबी गरेको छ। आक्रमणपछि बेरुतसहित विभिन्न क्षेत्रमा त्रास फैलिएको छ भने हजारौँ सर्वसाधारण सुरक्षित स्थानतर्फ विस्थापित भएका छन्।

धेरै घर तथा संरचना ध्वस्त भएका छन् भने उद्धार कार्य जारी रहेको जनाइएको छ।