इरानमा अमेरिकी सैन्य हमला, मध्यपूर्वमा तनाव बढ्ने संकेत

१ हप्ता अगाडि
इरानमा अमेरिकी सैन्य हमला, मध्यपूर्वमा तनाव बढ्ने संकेत

काठमाडौं । अमेरिकी सेनाले दक्षिणी इरानमा पुनः सैन्य कारबाही गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। अमेरिकी सेनाले हर्मुज जलडमरूनजिक आफ्ना सेना तथा व्यावसायिक जहाजमाथि खतरा देखिएको भन्दै इरानी सैन्य संरचनामाथि हवाई हमला गरेको जनाएको छ।

अमेरिकी पक्षले इरानबाट उडाइएका चारवटा ड्रोन खसालिएको दाबी गरेको छ। बन्दर अब्बास क्षेत्रमा रहेको ड्रोन नियन्त्रण केन्द्रलाई लक्षित गरी आक्रमण गरिएको बताइएको छ।

इरानी सञ्चारमाध्यमहरूले पनि उक्त क्षेत्रमा विस्फोट भएको पुष्टि गरेका छन्। पछिल्लो तीन दिनभित्र अमेरिकाले गरेको यो दोस्रो हमला हो। घटनापछि मध्यपूर्व क्षेत्रमा तनाव थप चर्किने र अन्तर्राष्ट्रिय सुरक्षा चुनौती बढ्ने चिन्ता व्यक्त गरिएको छ।