कङ्गोमा इबोला संक्रमणको संकट गहिरिँदै, २४६ जनाको मृत्यु

४ दिन अगाडि
कङ्गोमा इबोला संक्रमणको संकट गहिरिँदै, २४६ जनाको मृत्यु

कङ्गोमा फैलिएको इबोला भाइरस संक्रमणले गम्भीर रूप लिँदै गएको भन्दै स्वास्थ्य संस्थाहरूले चिन्ता व्यक्त गरेका छन्। हालसम्म एक हजारभन्दा बढी शंकास्पद संक्रमित फेला परिसकेका छन् भने २४६ जनाको मृत्यु भइसकेको जनाइएको छ।

संक्रमण छिमेकी युगान्डामा समेत पुष्टि भइसकेको छ। विश्व स्वास्थ्य संगठनले क्षेत्रीय द्वन्द्व, कमजोर स्वास्थ्य पूर्वाधार तथा पहुँचको समस्याका कारण नियन्त्रण अभियान चुनौतीपूर्ण बनेको जनाएको छ।

इबोला अत्यन्त घातक भाइरसजन्य रोग हो, जसको मृत्यु दर उच्च हुने चिकित्सकहरू बताउँछन्। संक्रमित व्यक्ति वा जनावरसँग प्रत्यक्ष सम्पर्कमा आउँदा रोग सर्ने भएकाले सतर्कता आवश्यक रहेको विज्ञहरूले बताएका छन्। संक्रमण नियन्त्रणका लागि तत्काल प्रभावकारी कदम नचालिए स्थिति थप जटिल बन्न सक्ने चेतावनी पनि दिइएको छ।