काठमाडौँ । इरानले लेबनानमा इजरायली सैन्य गतिविधि जारी रहेको भन्दै अमेरिकासँग मध्यस्थकर्तामार्फत भइरहेको वार्ता स्थगित गरेको जनाएको छ।
इरानले गाजा र लेबनानमा भइरहेको सैन्य कारबाही नरोकेसम्म कुनै पनि प्रकारको वार्ता अघि नबढाउने स्पष्ट पारेको छ। इरानी अधिकारीहरूले युद्धविरामको पूर्ण कार्यान्वयन नभएसम्म नयाँ सहमति सम्भव नरहेको बताएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इजरायल र हेजबुल्लाहबीच तनाव कम गर्ने प्रयास जारी रहेको बताएका छन्। पछिल्ला हप्ताहरूमा विभिन्न प्रस्ताव आदानप्रदान भए पनि दुवै पक्षबीच अन्तिम सहमति हुन सकेको छैन।