दिल्लीको होटल–रेस्टुरेन्टमा भीषण आगलागी, कम्तीमा २१ जनाको मृत्यु

एक दिन अगाडि
दिल्लीको होटल–रेस्टुरेन्टमा भीषण आगलागी, कम्तीमा २१ जनाको मृत्यु

नयाँदिल्ली । भारतको राजधानी दिल्लीस्थित मालवीय नगर क्षेत्रमा रहेको एक रेस्टुरेन्ट तथा होटलमा बुधबार बिहान भएको भीषण आगलागीमा कम्तीमा २१ जनाको मृत्यु भएको छ।

आगो लेमन ग्रिन रेस्टुरेन्टबाट सुरु भएर माथिल्लो तलामा रहेको होटलसम्म फैलिएको बताइएको छ। घटनामा दर्जनौँ व्यक्ति घाइते भएका छन् भने केहीको अवस्था गम्भीर रहेको जनाइएको छ।

उद्धारका क्रममा ३७ जनाभन्दा बढीलाई सुरक्षित बाहिर निकालिएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएका दृश्यहरूमा आगोबाट बच्न मानिसहरू भवनबाट हाम फालेको देखिन्छ। घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।