अमेरिकी मध्यस्थतामा तनाव घटाउने प्रयास सफल
काठमाडौं । इजरायल र लेबनन अमेरिकाको मध्यस्थतामा युद्धविराम लागू गर्न सहमत भएका छन्।
दक्षिणी लेबनन क्षेत्रमा इजरायली सेना र इरान समर्थित हिजबुल्लाह समूहबीच लामो समयदेखि जारी संघर्ष रोक्ने उद्देश्यले यो सहमति भएको हो।
संयुक्त विज्ञप्तिअनुसार हिजबुल्लाहले दक्षिणी लेबननबाट आफ्ना लडाकु फिर्ता गर्ने तथा इजरायल विरुद्धका आक्रमण रोक्ने सर्तमा दुवै पक्ष शत्रुतापूर्ण गतिविधि अन्त्य गर्न तयार भएका छन्।
अन्तर्राष्ट्रिय समुदायले युद्धविरामलाई सकारात्मक कदमका रूपमा स्वागत गरेको छ भने यसले मध्यपूर्वमा बढ्दो तनाव कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।