वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच प्रारम्भिक सम्झौतामा आइतबार नै हस्ताक्षर हुन सक्ने दाबी गरेका छन्।
ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत सम्झौतापछि रणनीतिक महत्वको हर्मुज जलमार्ग सबैका लागि खुला हुने बताएका छन्।
उनका अनुसार प्रस्तावित सम्झौतामा हर्मुज जलमार्ग पुनः सञ्चालन, केही आर्थिक प्रतिबन्ध खुकुलो बनाउने तथा इरानको आणविक कार्यक्रमसम्बन्धी विषयमा थप वार्ताको व्यवस्था समावेश छ।
यता पाकिस्तानले पनि २४ घण्टाभित्र सहमति हुन सक्ने संकेत गरेको छ। तर इरानी विदेश मन्त्रालयले सम्झौताको मिति अझै तय नभएको र केही विषयमा थप छलफल आवश्यक रहेको बताएको छ। यसले सम्झौताबारे अझै अनिश्चितता कायम रहेको देखाएको छ।