लन्डन । इरान र अमेरिकाबीच भएको शान्ति सम्झौतापछि बेलायत, फ्रान्स, जर्मनी र इटालीले संयुक्त वक्तव्य जारी गर्दै स्ट्रेट अफ होर्मुज तत्काल खोल्न आग्रह गरेका छन्।
ई-४ समूहका नेताहरूले बिना कुनै सर्त अन्तर्राष्ट्रिय जहाजहरूको स्वतन्त्र आवागमन सुनिश्चित गर्नुपर्ने बताएका छन्।
उनीहरूका अनुसार अमेरिका-इरान शान्ति सम्झौताले क्षेत्रीय स्थायित्व कायम गर्नुका साथै विश्व अर्थतन्त्रलाई स्थिर बनाउन महत्वपूर्ण अवसर प्रदान गर्नेछ।
नेताहरूले सम्झौतालाई शीघ्र र पूर्ण रूपमा कार्यान्वयन गर्न सम्बन्धित सबै पक्षसँग आग्रह गरेका छन्।
अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने तथा नाकाबन्दी हटाउने सहमतिपछि आगामी जुन १९ मा स्विट्जरल्यान्डमा औपचारिक हस्ताक्षर हुने कार्यक्रम तय भएको छ।