काठमाडौं । अमेरिका र इरानले युद्ध अन्त्यका लागि अन्तरिम समझदारीपत्र सार्वजनिक गरेका छन्।
दुवै देशका राष्ट्रपतिले डिजिटल हस्ताक्षर गरिसकेको जनाइएको छ भने औपचारिक प्रक्रिया शुक्रबार स्विट्जरल्यान्डमा सम्पन्न हुने तयारी छ।
सम्झौताअनुसार युद्धविराम लागू गर्ने, स्ट्रेट अफ होर्मुजमा समुद्री आवागमन पुनः सञ्चालन गर्ने, इरानमाथिका अमेरिकी प्रतिबन्ध क्रमिक रूपमा हटाउने र रोक्का सम्पत्ति खुला गर्ने व्यवस्था गरिएको छ।
इरानले परमाणु हतियार विकास नगर्ने प्रतिबद्धता दोहोर्याएको छ भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौता उल्लंघन भए पुनः सैन्य कारबाही हुन सक्ने चेतावनी दिएका छन्।