बाजुरामा बस दुर्घटना, २४ घाइते

२ महिना अगाडि
बाजुरामा बस दुर्घटना, २४ घाइते

बाजुरा । बुढीगंगा नगरपालिका–१० रिठा बजार नजिक बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन्।

पवनदूत यातायातको बस ब्रेक फेल भएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ। बसमा ३५ जना सवार थिए।

घाइतेमध्ये अधिकांशको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ भने एक जनालाई थप उपचारका लागि अछामको बयलपाटा अस्पताल पठाइएको छ। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ।