इरान–अमेरिका वार्तामा महत्वपूर्ण प्रगति

एक महिना अगाडि
इरान–अमेरिका वार्तामा महत्वपूर्ण प्रगति

जेनेभा । इरान र अमेरिकाबीच जारी वार्तामा महत्वपूर्ण प्रगति भएको दाबी गरिएको छ। इरानी संसद्का सभामुखका अनुसार करिब १२ अर्ब अमेरिकी डलर बराबरको रोक्का सम्पत्ति फुकुवा गर्ने विषयमा प्रारम्भिक सहमति बनेको छ।

स्विट्जरल्यान्डमा सम्पन्न प्राविधिक तहको वार्तापछि चारवटा कार्यदल गठन गरिएको छ। अब प्रतिबन्ध, आणविक कार्यक्रम, आर्थिक सहकार्य र विकाससम्बन्धी विषय उच्चस्तरीय समितिको निगरानीमा अघि बढाइनेछ।

दुवै देशबीच लामो समयदेखि कायम तनाव कम गर्ने प्रयासस्वरूप वार्ता अघि बढाइएको हो। अन्तर्राष्ट्रिय समुदायले पनि वार्तालाई सकारात्मक रूपमा लिँदै मध्यपूर्वमा स्थायित्व आउने अपेक्षा गरेको छ।