भेनेजुएलामा दुई शक्तिशाली भूकम्प, १० हजार बढीको मृत्यु आशंका, तस्बिरहरू

एक महिना अगाडि
भेनेजुएलामा दुई शक्तिशाली भूकम्प, १० हजार बढीको मृत्यु आशंका, तस्बिरहरू

काठमाडौं । भेनेजुएलाको राजधानी काराकास आसपास केही सेकेन्डको अन्तरालमा दुई शक्तिशाली भूकम्प जाँदा हजारौंको मृत्यु भएको आशंका गरिएको छ।

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले प्रारम्भिक मूल्यांकनका आधारमा मृत्यु हुनेको संख्या १० हजार नाघ्न सक्ने जनाएको छ।

यूएसजीएसका अनुसार बुधबार राति १०ः०४ जीएमटीमा काराकासबाट करिब २८४ किलोमिटर पश्चिममा पर्ने सान फेलिपनजिक ७.२ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसको केही समयपछि राजधानीबाट २९३ किलोमिटर पश्चिममा रहेको युमारेनजिक ७.५ म्याग्निच्युडको अर्को शक्तिशाली भूकम्प गएको हो।

भूकम्पका कारण ठूलो संख्यामा भवन भत्किएका छन् भने प्रभावित क्षेत्रका बासिन्दा घर छाडेर सडक र खुला स्थानमा निस्किएका छन्। गृहमन्त्री डीओसडाडो काबेलोले नागरिकलाई सुरक्षित स्थानमा बस्न र क्षतिग्रस्त भवन खाली गर्न आग्रह गरेका छन्।

भूकम्प जाँदा देशभर राष्ट्रिय बिदा परेकाले धेरै नागरिक घरमै रहेको बताइएको छ। यसले मानवीय क्षति अझ बढ्न सक्ने अनुमान गरिएको छ। उद्धार तथा खोजी कार्य जारी रहेकाले हताहतीको संख्या थप बढ्न सक्ने अधिकारीहरूले बताएका छन्।