मध्यपूर्वमा तनाव पुनः चर्किरहेका बेला इरानले बहराइनलाई आफ्नो सीमा ननाघ्न कडा चेतावनी दिएको छ।
इरानका सर्वोच्च नेताका वरिष्ठ सल्लाहकार अली अकबर बेलायतीले कुनै पनि उक्साहट वा हस्तक्षेपको कडा जवाफ दिइने बताएका हुन्। इरानले अमेरिकाले आफ्नोविरुद्ध सैन्य गतिविधिका लागि खाडी क्षेत्रमा रहेका आधार प्रयोग गरेको आरोप लगाउँदै आएको छ।
यसबीच कतारको दोहामा भएको अमेरिका–इरान वार्तामा दुवै पक्षले प्रत्यक्ष सैन्य गतिविधि रोक्ने र कूटनीतिक संवादलाई निरन्तरता दिने सहमति गरेका छन्। यद्यपि विश्व व्यापारका लागि अत्यन्त महत्वपूर्ण मानिने हर्मुज जलमार्गको सुरक्षा र सञ्चालनसम्बन्धी मतभेद अझै कायम रहेकाले क्षेत्रीय तनाव पूर्ण रूपमा अन्त्य नभएको अन्तर्राष्ट्रिय विश्लेषण छ। यही कारण मध्यपूर्वको सुरक्षा अवस्था र विश्व ऊर्जा बजारप्रति अन्तर्राष्ट्रिय समुदायको चासो बढेको छ।